|

काठमाडौं : कोभिड–१९ को नयाँ प्रजाति ‘ओमिक्रोन’ भाइरस संक्रमण भित्रिन सक्ने भन्दै त्यसको रोकथामका लागि तयारी गर्न आज कोभिड–१९ नियन्त्रण व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठक बस्दैछ। 

बैठक बस्ने तयारी भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेश्वर न्यौपानेले बताए। उनका अनुसार हरेक हप्ता आइतबार केन्द्रको बस्दै आएको छ। आजको बैठकमा कोरोनाको नयाँ प्रजाति ‘ओमिक्रोन’ भाइरस संक्रमण भित्रिन सक्ने विज्ञहरुले चेतावनी दिएपछि स्वास्थ्य विज्ञहरुको राय लिने काम हुने सचिव महेश्वर न्यौपानेले बताए। 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो भाइरस संक्रमण फैलिएको पुष्टि भएका मुलुकबाट आउनेहरुका लागि एकसातासम्म अनिवार्य क्वारेण्टाइन बस्नु पर्ने व्यवस्था लागू गर्ने विषयमा हिजो छलफल गरेको थियो। 
सम्भावित जोखिम रोकथाम तथा नियन्त्रणका लागि दक्षिण अफ्रिका लगायत ‘ओमिक्रोन’ भाइरस फैलिएका विभिन्न मुलुकबाट आउने यात्रुको स्वास्थ्य परीक्षण निगरानी बढाउनु पर्ने बैठकले निश्कर्ष थियो। 

कोरोनाको यो भेरियन्ट छिमेकी देश भारतमा पनि देखा परेको छ।  दक्षिण अफ्रिकासहित युरोपका बेल्जियम र जर्मनी लगायत मुलुकहरुमा समेत यो संक्रमण भित्रिएको विश्व स्वास्थ्य संगठनले पुष्टि गरिसकेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.