|

हेटौंडा : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत यतिबेला सातै प्रदेशमा प्रदेश अधिवेशनको सरगर्मी छ।

देश संघीयतामा गएपछि पहिलोपटक भएको प्रदेश अधिवेशनमा कांग्रेस नेताहरु आ-आफ्नो प्यानल घोषणा गरेर चुनावी मैदानमा होमिएका छन्। बागमती प्रदेश अधिवेशनले पनि हेटौंडाको चिसो माहौल तताएको छ।

प्रदेश सभापति बन्न ३ जना नेताहरू प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन्। यतिबेला कांग्रेसको निर्वाचनमा भाग लिन चाहने उम्मेदवारहरुको मनोनयन शुल्क धेरै राखेको भन्दै विरोध भइरहेको छ। मनोनयन शुल्क नै सामान्य मानिसले तिर्न सक्नेभन्दा धेरै राखेको कांग्रेस नेताहरुको चुनाव पनि निकै महँगो देखिएको छ। बागमती प्रदेशको सभापती बन्न मैदानमा होमिएका ३ नेताहरुले आफ्नो चुनावी प्रचारलाइ निकै नै महँगो र भड्किलो बनाएका हुन्।

कांग्रेस बागमती प्रदेशको अधिवेशन भइरहेको हेटौंडा-१० स्थित वन विज्ञान विश्वविद्यालय परिसर कांग्रेस बागमती प्रदेश समितिको नेतृत्वको आकाङ्क्षिहरुको प्रचार गरिएको पर्चा र ब्यानरले भरिएको छ।

विश्वविद्यालय बाहिरका घरहरु,  प्रवेशद्दार, पर्खाल,  रूख र विश्वविद्यालयको भवनहरु नै उम्मेदवारहरुको प्रचार गरिएको ब्यानरले रङ्गगिएको छ। शुक्रबार बिहान मात्रै प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गर्दै कांग्रेसलाई गरिबको पार्टी बनाउनुपर्ने बताएका इन्द्र बहादुर बानियाँको नै प्रचार सामान्यभन्दा धेरै गरिएको देखिन्छ।

बानियाँबाहेक प्रदेश सभापतिमा जगदीश्वरनर सिंह केसी र भीमसेनदास प्रधान चुनावी मैदानमा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.