|

काठमाडौं :  सोह्रखुट्टेको नयाँ बजारस्थित एक गार्मेन्ट उद्योगमा आगलागी भएको छ। 

शुक्रबार दिउँसो करिब २ बजेदेखि आगलागी सुरू भएको महानगरीय प्रहरी परिसर प्रमुख अशोक सिंहले जानकारी दिए। अहिले भने आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। 

खुसिबु नर्सरी चोकमा लोहोछे महर्जनको एकतले घरमा कालिकोटका जनम हमाल र ऐजना शाहीले गोदाममा वेल्डिङ गर्ने क्रममा आगो लागेको प्रहरीले जनाएको छ।

आगो नियन्त्रणमा लिन काठमाडौ महानगरपालिकाबाट ३ वटा र नेपाली सेनाको १ गरी ४ वटा दमकल परिचालन गरिएको थियो। 'अहिले भने आगो नियन्त्रणमा आइसकेको छ', उद्धार खटिएका एक प्रहरीले थाहाखबरलाई भने।   

क्षतिको विवरण आइसकेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.