'कांग्रेसका कुनै नेताले पनि तालमेल गर्दैनौँ भनेका छैनन्'

|

विराटनगर : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले ‘अर्ली इलेक्सन’को सम्भावना नरहेको बताएका छन्। सोमबार विराटनगरस्थित विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा नेपालले यस्तो बताएका हुन्।

‘अर्ली इलेक्सन’को सम्भावना नरहेको बताउँदै उनले भने ,‘यो कसैकसैको चाहना होला, आजै चुनाव हुन्छ र आजै पार लगाउला भन्ने कसैकसैले सपना देखिरहेका होलान् यो सपना विपना  हुनेवाला छैन’ ‘सबैतिर गुम्दै गएको हुँदा पीडा बोलेको हो, यथार्थ बोलेको होइन’ उनले थपे।

अध्यक्ष नेपालले  देशमा गठबन्धनको संस्कार बस्ने बताउँदै गठबन्धनकै सरकार बन्ने अवस्था रहेको समेत  दाबी गरे।

उनले गठबन्धनमार्फत चुनावमा जाने बताउँदै कांग्रेसका कुनै पनि नेताहरूले तालमेल गर्नुहुँदैन भन्ने अफूले नसुनेको बताए।  उनले यस्तो अवस्थामा धेरैधेरै सिट ओगट्नुभन्दा सम्भव भएका  सिटमा प्रत्येकले दावा गर्नु ठिक हुन्छ भन्ने बारेमा कुरा चलिहरेको राय परामर्श मैले आफूले पाएको पनि उनले बताए।

‘पहिले कांग्रेस र माओवादीको गठबन्धन भएको थियो पछि एमाले र माओवादीको गठबन्धन भएको थियो के पत्तासाफ हुन्छ भनेर गठबन्धन भएको थियो?’

०७४ सालको निर्वाचनलाई स्मरण गर्दै उनले भने, ‘कि चुनावमा बढी सिट प्राप्त हुन्छ भनेर गठबन्धन गरेको थियो चुनावमा दुई पक्षलाई लाभ होला भनेर गठबन्धन गरेको होला नि पहिले गर्दा जायज आज गर्दा नाजायज हुन्छ?

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.