निगमको राजश्व चार गुणाले बढ्ने अनुमान

|

काठमाडौं : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले खतराजन्य सामग्री बोक्ने लाइसेन्स प्राप्त गरेको छ।

नेपाल नागरिक उड्ययन प्राधिकरणले निगमलाई खतराजन्य सामग्री सूचीको नवौं र रेडियोधर्मी विकिरणयुक्त उपयोगी सामान बोक्न पाउनेगरी प्रमाणपत्र दिएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमकुमार आलेको उपस्थितिमा प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले निगमनका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सो प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।

प्राधिकरणका महानिर्देशक क्षेत्रले धेरै वर्षअघि हुनुपर्ने काम सम्पन्न गरिएको भन्दै कार्यान्वयन पक्षमा कमजोरी हुन नदिन निगमका अधिकारीहरूलाई आग्रह गरे। पछिल्लो समय विश्वभर नै एयरलाइन्सहरूले खतराजन्य सामग्री र पदार्थहरू (डेन्जरस गुड्सहरू) पनि बोक्न थालेका छन्।

यस्ता सामग्रीहरूलाई नौ भागमा वर्गीकरण गरिएको छ। नियामक निकायले आफ्नो देशका एयरलाइन्स कम्पनीहरूलाई अन्तरराष्ट्रिय मापदण्ड पूरा गरेपछि यस्ता सामान बोक्न योग्य रहेको प्रमाणीकरण गर्छ।

यही प्रकृयाअन्तर्गत निगमले इतिहासमै पहिलोपटक खतराजन्य पदार्थहरू ओसारपसार गर्ने प्रमाणित एयरलाइन्सका रूपमा प्रमाणपत्र पाएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

प्राधिकरणले यसअघि श्री एयरलाइन्सलाई मात्र यस्तो मान्यता दिएको थियो। खतराजन्य सूचीका सामान ओसारपसार गर्न खोज्ने सरकार र व्यवसायीको कार्गो निगमको जहाजले बोक्नेछ। यसबाट निगमको राजश्व चार गुणाले बढ्न सक्ने अनुमान गरिएको छ। 

निगमले दुई दिनअघि  दुबईका लागि उडान सेवा थप गरेको छ। दैनिक एउटा मात्र उडान भरिरहेको वायुसेवा निगमले अबदेखि हप्तामा थप दुई उडान भर्नेछ।

जसअनुसार उडान समयतालिका भने (हरेक आइतबार र बुधबार) गर्ने तय गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.