|

बझाङ : सरकारले  यहाँका चार पालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ। गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को ले दिएको अधिकारलाई प्रयोग गर्दै थलारा, वित्थडचिर, खप्तडछान्ना गाउँपालिका र जयपृथ्वी नगरपालिकालाई २०७८ माघ मसान्तसम्म लागू हुने गरी सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका हो।

 जिल्लाको सुर्मा र मष्टा गाउँपालिकामा पनि विपद्ले क्षति पुर्‍याएको जनाउँदै तत्काल विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न स्थानीयवासीले माग गरेका छन्।

नेपाली काङ्ग्रेसका नेता ज्ञानबहादुर बोहरा र दीपक रोकायाले मष्टालाई सङ्कटग्रस्त क्षेत्र घोषणा आग्रह गरे। विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका पालिकामा क्षतिको आंकलन, पुनःनिर्माण तथा पुनःस्थापनाको काम गरिनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.