|

बैतडी : बागमती प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सान्त्वना जित हात पारेको छ।

प्रतियोगिताबाट बाहिरिसकेको बागमतीले अन्तिम खेलमा कर्णाली प्रदेशमाथि ७९ रनको विजय हासिल गर्दै सान्त्वना जित दर्ता गरेको हो।  

बागमतीले दिएको १ सय ३१ रनको लक्ष्य पछ्याएको कर्णाली ५१ रनमा अलआउट भयो। उसका लागि लक्ष्मी रिमालले सर्वाधिक १४ रन बनाइन्। अरू खेलाडीले भने दोहोरो अंक जोड्न सकेनन्।

बलिङमा बागमतीका लागि विपिशा शाही र आरति बिडारीले तीन/तीन विकेट लिए।

त्यसअघि फाप्ला क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको बागमतीले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो। उसका लागि कञ्चन श्रेष्ठले ४७ रन बनाउँदा हेलिशा गुरुङले २५ रनको योगदान गरिन्।

बलिङमा कर्णालीका लागि दिव्या धामीले ३ तथा एञ्जिला क्षेत्रीले दुई विकेट लिए। कर्णाली प्रदेश पनि यसअघि नै बाहिरिसकेको छ।

नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेटको सहआयोजनामा  सञ्चालन भएको प्रतियोगिता पुस ११ गते सम्पन्न हुनेछ।

७ प्रदेश र एक विभागीय गरी ८ टिम सहभागी हुने प्रतियोगिता दुई समूहमा विभाजन गरी खेलाइएको छ।

समूह ‘ए’मा प्रदेश नम्बर १, लुम्बिनी प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश छन् भने समूह ‘बी’मा नेपाल एपिएफ क्लब, सुदूरपश्चिमम प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश २ रहेका छन्।

समूह ‘ए’को विजेता बन्दै प्रदेश १ र उपविजेता बन्दै लुम्बिनी सेमिफाइनलमा पुगिसकेका छन्।

प्रतियोगितामा प्रथम हुने टिमले ५ लाख, द्वितीयले ३ लाख, ओम्यान अफ द सिरिज २५ हजार, वेस्ट बलरले १५ हजार तथा वेस्ट ब्याट्सओम्यानले १५ हजार, ओम्यान अफ द म्याचले २ हजार पुरस्कार प्राप्त गर्नेछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.