|
फाइल तस्वीर

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रदेश २ को नाम राख्ने र राजधानी टुंगो लगाउनेबारे छलफल गर्न ७ सदस्यीय वार्ता समिति गठन गरेको छ।

लोसपाले यसका लागि प्रदेशसभा सदस्य रानी शर्माको संयोजकत्वमा समिति बनाएको हो। ​

लोसपाले परमेश्वर साह, जैनुल राइन, अभिराम शर्मा, उपेन्द्र महतो, बाबुलाल साह र प्रहलाद गिरीलाई वार्ता समितिको सदस्यमा राखेको छ।

लोसपाले प्रदेश २ को नाम मधेश राख्ने र जनकपुरलाई राजधानी बनाउनेबारे प्रदेशसभामा रहेका अन्य राजनीतिक दलसँग वार्ता गर्न समिति गठन गरेको हो।

प्रदेश २ को सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेशको नाम र राजधानीसम्बन्धी प्रस्ताव प्रदेशसभामा पुस ८ गते पेश गर्ने तयारी गरेको छ।

प्रदेश २ को प्रदेशसभाको बैठक पुस ८ गते बिहीबार दिउँसो १ बजे बस्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.