|

काठमाडौं : चिकित्सकीय योग्यताबिना विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाइदिएको आरोपमा अमेरिकाको न्युयोर्कस्थित एक विद्यालयकी शिक्षिकलाई पक्राउ गरिएको छ। 

शिक्षिका लौरा रुसोले एक १० वर्षीय विद्यार्थीलाई घरमै खोप दिएकी थिइन्। उनीसँग खोप लगाइदिने अनुमति थिएन उनले विद्यार्थीका आमाबुवासँग अनुमति पनि मागेकी थिइनन्।

जीव विज्ञान पढाउने ५४ वर्षीय रुसोलाई नववर्षको पूर्वसन्ध्या पक्राउ गरिएको थियो। दोषी प्रमाणित भए उनलाई चार वर्षको जेल सजाय हुन सक्छ। 

प्रहरीका अनुसार रुसोले उक्त खोप कसरी पाइन् र त्यो कुन कम्पनीको हो भन्ने स्पष्ट छैन। हालसम्म अमेरिकामा फाइजर–बायोएनटेकको खोप मात्र १८ वर्षभन्दा कम उमेर समूहका व्यक्तिमा प्रयोग अनुमति दिइएको छ।

लङ आइल्यान्डमा भएको उक्त घटनामा शिक्षिकाले ती किशोरलाई तिमीलाई राम्रो हुन्छ भनेकी छन्। 

ती किशोर घर फर्किएपछि उनका आमाबुबाले प्रहरीलाई तत्काल घटनाबारे जानकारी दिएका थिए। र, उनलाई प्रहरीले पक्राउ गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.