|

काठमाडौं : निर्वाचन आयोगको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ। बैठक बिहान साढे ११ बजे आयोगको कार्यालय कान्तिपथमा बस्नेछ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बैठकमा आगामी राष्ट्रिय सभा तथा स्थानीय तहको चुनावको तयारी र मतदाता नामावली संकलनका विषयमा छलफल हुनेछ। बैठकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने करिब १६ वटा राजनीतिक दलका प्रतिनिधिलाई आमन्त्रण गरिएको आयोगले जनाएको छ।

आगामी माघ १२ गते राष्ट्रियसभाको निर्वाचन तोकिएको छ। यसका सबै प्रक्रिया सकिएर मतदान मात्रै बाँकी छ।

आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आगामी बैशाख १४ र २२ मा गरी दुई चरणमा स्थानीय तहको चुनाव गर्न प्रस्ताव गरिसकेको छ। सरकारले भने यस विषयमा भने निर्णय गरेको छैन।

२०७९ जेठ ५ गतेदेखि स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिन्छ। त्यसको दुई महिनाअघि नै चुनाव गरिसक्नुपर्ने कानुनी व्यवस्था छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.