‘पशुपति धर्मशाला सेभेन स्टार होटलजस्तै रहेछ’

|

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भारत सरकारको सहयोगमा निर्माण भएको पशुपति धर्मशालामा खोलिएको होटेल फाइभ स्टार नभएर सेभेन स्टारजस्तै रहेको प्रतिक्रिया दिएका छन्। 

आइतबार धर्मशालाको अवलोकनपछि मन्त्री आलेले भने, ‘यहाँ त फाइभ स्टार होटल होइन, सेभेन स्टार होटलजस्तै रहेछ। मत चकित पनि भएँ।’

धार्मिक क्षेत्रमा सर्वसाधारणलाई सर्वसुलभ सेवा दिनुपर्नेमा एउटै कोठाको ५५ सय लिन गरेको पाइएको उनले बताए। 

‘यो धार्मिक पर्यटकीयस्थल पनि हो। सस्तो सुलभ मूल्यमा भक्तजनले बस्न पाउनुपर्ने भनेर बनाएको हो तर यहाँ त ५५ सयको पनि कोठा देखेँ। एउटा कोठामा दुई बेड राख्दा त प्रतिदिन भाडा नै ११ हजार हुन्छ’‚ उनले भने, ‘बाहिरको निजी कम्पनीलाई समेत भाडामा दिइएको रहेछ।’

धर्मशालाको विषयमा भोलि छानबिनले प्रतिवेदन ल्याएपछि कारबाही प्रक्रिया अघि बढ्ने मन्त्री आलेले बताए।

‘मैले कुनै प्रतिशोध साँधेर वा पूर्वाग्रह राखेर काम गरेको छैन। मेरै पार्टीको पूर्वपर्यटनमन्त्री भएको भए पनि मैले यही गर्थें’‚ मन्त्री आलेले भने, ‘अब छानबिन समितिको प्रतिवेदन आएपछि कदम अगाडि चाल्छौँ। मैले गल्ती गरे मलाई कारबाही गर्नुपर्छ अरूले गल्ती गरेका रहेछन् भने सबैलाई कारबाही गर्छु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.