|

इटहरी : इटहरी उपमहानगरपालिकाले वडा नम्बर १८ का १७ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ।

इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले दोसल्ला ओढाएर उनीहरूलाई सम्मान गरे।

७० वर्ष माथिका गहनी चौधरी, वचिया चौधरी, पूर्नी चौधरी, तिरियादेवी चौधरी, पुष्नीदेवी चौधरी, सुतीदेवी चौधरी, फूलमाया तामांग, नरमाया तामांग, विल्टीदेवी चौधरीलाई सम्मान गरिएको हो।

यसैगरि सम्मानित हुने अन्य जेष्ठ नागरिकमा सुखनीदेवी चौधरी, पुष्नीदेवी चौधरी, केशियादेवी चौधरी, चन्द्रादेवी चौधरी,चनिया, दुखनी, दैतिनदेवी र सतोनिया चौधरी छन्।

यसैबीच सोही कार्यक्रममा १५ जना विपन्न नागरिकलाई जाडोबाट बच्नका लागि ब्ल्याङकेट वितरण गरिएको छ।

प्रमुख चौधरी र उपपप्रमुख गौतमले नन्दराज राई, सरिलाला चौधरी, जसबहादुर राई, हर्क विश्वकर्मा, पशुपति विश्वकर्मा, पर्शुराम आचार्य, फागु चौधरी, दाताराम चौधरी, वडरु चौधरी, गोवर्धन चौधरी, गागिन चोैधरी, रत्नमाया खत्री, भतियादेवी चौधरी, पार्वती चौधरी र मानपुर चौधरीलाई ब्ल्याङकेट प्रदान गरिएको हो।

इटहरी उपमहानगरपालिकाले प्रत्येक वर्ष विपन्न समुदायका ब्यक्तिहरूलाई जाडोबाट बच्न न्याना कपडा प्रदान गर्दै आएको छ।

जाडोका वेला मेयर उपमेयर गाउँमै आएर न्यानो कपडा प्रदान गरेको भन्दै स्थानीयले खुशी ब्यक्त गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.