|

काठमाडौं : पछिल्लो समय कोरोनाविरुद्धको खोप अभियानलाई तीव्रता दिनै आएको सरकारसँग ६७ लाख डोज खोप अझै मौज्दात रहेको छ।

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाका निर्देशक सुरेन्द्र चौरासियाका अनुसार हाल केन्द्र र विभिन्न प्रदेशमा गरी देशभर ६७ लाख डोज कोरोना खोप मौज्दात छ।

‘केन्द्र र सबै प्रदेशमा गरी अहिले हामीसँग जम्मा ६७ लाख डोज खोप छ’ उनले भने। चाैरासियाका अनुसार हाल मौज्दात रहेको खोपमध्ये धेरै अस्ट्राजेनिका र कोभिसिल्ड खोप हाे। अहिले भेरोसेल खोप निकै कम रहेकाे उनले जानकारी दिए।

आउँदै छ खोप

चौरासियाका अनुसार जनवरी भित्रै २१ लाख डाेज अस्ट्राजेनिका खोप आउँदै छ। यस्तै चीनको कम्पनी सिनोभ्याक्स लाइभ साइन्सले उत्पादन गरेको सिनोभ्याक्स खोप पनि आउन लागेको समेत उनले जानकारी दिए। ‘अब चीनले बनाएको सिनोभ्याक्स खोप पनि हाम्रोमा आउँदै छ’ उनले भने।

कोरोनाको नयाँ भेरियन्ट ‘मिक्रोन’ फैलिन थालेपछि सरकारले खोप अभियानलाई तीव्रता दिन भन्दै सबैलाई करोनाविरुद्धको खोप लगाउन आग्रह गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.