|

जनकपुरधाम : किसान आन्दोलनअन्तर्गत जनमत पार्टीले बिहीबारदेखि पूर्व-पश्चिम राजमार्ग पूर्ण रूपमा बन्द गर्ने भएको छ।

झण्डै डेढ महिनादेखि आन्दोलनरत किसानहरूको माग राज्यले नसुनेपछि भोलिदेखि पुनः राजमार्गमा भेला भई शासकलाई झुकाउने तयारी गरेको बताएका छन्।

पूर्व घोषित आन्दोलनका कार्यक्रमअनुसार  बिहीबार भोलिदेखि राजमार्ग बन्द रहने भएकाले बुधबार मोरङको रङ्गेलीदेखि बर्दियाको गुलरियासम्म र  मधेश प्रदेशका सबै  जिल्ला लगायत १८ जिल्लामा जनमतका कार्यकर्ताले मशाल जुलुस निकालेका छन्।

राजमार्गमा मशाल जुलुस प्रदर्शन गरिएको छ। भोलिदेखि राजमार्गमै बस्ने, खाना पकाएर खाने र आवतजावत पूर्ण रूपमा बन्द गर्ने जनमत प्रेसमञ्चका अध्यक्ष बिपी साहले जानकारी दिए।

किसानलाई मलखाद उपलब्ध गराउनुपर्ने, किसानलाई पेन्सन दिनुपर्ने, सिँचाइको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेर जनमत पार्टीले विगत  ४० दिनदेखि आन्दोलन गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.