|

खारकिभ : रूसले आफ्नो देशमा आक्रमण गरेपछि देशको रक्षा गर्ने र छापामार युद्धमा संलग्न हुने भन्दै युक्रेनीले युद्ध सिक्न थालेका छन्।

खारकिभ शहर हजारौं रूसी सैनिक तैनाथ युक्रेनी सीमाबाट मात्र ४० किलोमिटर मात्रै टाढा छ।

यो युक्रेनको दोस्रो ठूलो शहर र औद्योगिक केन्द्र हो। यहाँको अवस्था तनावपूर्ण छ। यो शहरमा ट्यांक बनाउने र मर्मत गर्ने दुईवटा कारखाना छन्।

खारकिभ शहरका जनता विभाजित छन्, कोही युक्रेनको पक्षमा त कोही रूसको पक्षमा छन्। उनीहरूमध्ये कोही रूससँग डटेर लड्ने कुरा गर्छन् भने कोहीले जीवन शान्तिपूर्वक बिताउने कुरा गर्छन्।

१० लाखभन्दा बढी जनसङ्ख्या भएको यो शहरका केही मानिसले रूसले आक्रमण गरे आफूहरूले रूसी सैनिकहरूविरुद्ध छापामार युद्ध गर्ने बताएका छन्।

देशका धेरै नागरिकले पनि त्यसै गर्ने उनीहरूको विश्वास छ। किशोरकिशोरीहरूलाई टेबल टेनिस सिकाउने प्रशिक्षक भिक्टोरिया बालेसिना भन्छिन्, ‘यो शहर सुरक्षित हुनुपर्छ। डराउने वा घुँडा टेक्ने नभई हामीले केही गर्नुपर्छ।’

हजारौं भूमिगत आश्रयस्थल भएको शहरमा चिकित्सक, प्रशिक्षक, गृहिणीहरूको छापामार युद्ध रूसी सैन्य योजनाकारहरूका लागि नराम्रो अनुभव हुनसक्ने अमेरिकी गुप्तचर अधिकारीहरूले बताएका छन्।

-एजेन्सीको सहयोगमा

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.