|

काठमाडौं : चितवनका तेक्वान्दो प्रशिक्षक मास्टर रोशन खान अब तेक्वान्दोको लेभल-१ अन्तरराष्ट्रिय प्रशिक्षक भएका छन्।

उनले यही माघ २१-२२ गते (सन् २०२२ फेब्रुअरी ४-५) मा आयोजित अनलाइन वर्ल्ड तेक्वान्दो अन्तरराष्ट्रिय प्रशिक्षक लेभल-१ तालिम सहजै उत्तीर्ण गरेका हुन्।

उनी दुई दशकयता राष्ट्रिय खेलकुद परिषदअन्तर्गत तेक्वान्दोको प्रशिक्षण पनि दिँदै आएका छन्।

उनले चितवन जिल्ला तेक्वान्दोको वरिष्ठ प्रशिक्षकका रुपमा तेक्वान्दोका सयौं खेलाडी​लाई ब्याल्क बेल्टधारी बनाइसकेका छन्।

सन् २००७ मा भएको वर्ल्ड च्याम्पियनसिपमा ओलम्पियन दीपक बिस्टको प्रशिक्षक पनि उनी नै थिए।

नेपाल तेक्वान्दो संघ र विश्व तेक्वान्दो महासंघबाट कुक्कीवन छैटौं डनसमेत पाएका खानले सयौं अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी नेपाली खेलाडीहरूलाई प्रशिक्षण दिएका छन्।

यसअघि विश्व तेक्वान्दो महासंघबाट दोस्रो दर्जाको प्रशिक्षकको मान्यता पाएका खानले अब विश्वका कुनै पनि राष्ट्रमा आयोजना हुने आधिकारिक तेक्वान्दो प्रतियोगितामा प्रशिक्षण दिन पाउनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.