|

चितवन : जिल्ला प्रहरी कार्यालय चितवनले नक्कली पिसिआर रिपोर्ट बनाउने दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१३ चौबीसकोठीमा रहेको देव अस्पतालमा कार्यरत स्वास्थ्य सहायक (हेल्थ एसिस्टेन्ट) २८ वर्षीय सन्दीप सापकोटा र रत्ननगर नगरपालिका–६ का २६ वर्षीय प्रकाश न्यौपाने रहेका छन्। अस्पतालमा उपचारका लागि आएका बिरामीको नमुना संकलन गरी नक्कली रिपोर्ट बनाएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो।

कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार उनीहरूलाई माघ २५ गते पक्राउ गरी आज सार्वजनिक गरिएको हो। पक्राउ परेका उनीहरुलाई लिखत् सम्बन्धी कसुरमा जिल्ला अदालतमार्फत म्याद थप गरी अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.