|

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाकी कार्यपालिका सदस्य लक्ष्मी शाहले नगरस्तरीय मानवअधिकार एकल महिला सञ्जाललाई ६० थान कम्बल सहयोग गरेकी छिन्।

नगरपालिकाबाट पाइने पारिश्रमिक(भत्ता) बापतको रकम खर्चेर शाहले महिला सञ्जाललाई कम्बल सहयोग उपलब्ध गराएकी हुन्।

‘सञ्जालमा आबद्ध विपन्न एकल महिलालाई चिसोको वेला न्यानो कपडाको अभाव नहोस् भन्ने उद्देश्यले कम्बल उपलब्ध गराएका छौं', उनले भनिन्, ‘कार्यपालिकाबाट उपलब्ध हुने पारिश्रमिक (भत्ता) को रकम जम्मा गरी कम्बल खरिद गरी हस्तान्तरण गरेका छौं।’

६० हजार मूल्य बराबरको कम्बल खरिद गरिएको उनले बताइन्। खरिद गरिएको कम्बल सञ्जालका अध्यक्ष शान्ता धामीलाई एक कार्यक्रमबीच नगरप्रमुख दिलबहादुर ऐर र कार्यपालिका सदस्य शाहले संयुक्त रूपमा हस्तान्तरण गरे।

हस्तान्तरण गरिएका कम्बल विपन्न परिवारका एकल महिलालाई उपलब्ध गराइने सञ्जालकी अध्यक्ष धामीले बताइन्।

कार्यपालिका सदस्य शाहले सञ्जालको संस्थागत विकासका लागि पाँच हजार पाँच नगद रकम समेत हस्तान्तरण गरिन्। कम्बल हस्तान्तरण कार्यक्रमा बोल्दै नगरप्रमुख ऐरले विपन्न एकल महिलालाई कार्यपालिका सदस्य शाहले कम्बल वितरण गरी सामाजिक क्षेत्रमा उदाहरणीय कार्य गरेको बताए।

कार्यपालिका सदस्य शाहले गत वर्ष समेत पारिश्रमिक खर्चेर विपन्न ५० जना ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरेकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.