|

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार आफ्नो फेसबुक पोस्टमा फेब्रुअरी १६ मा रूसी आक्रमण हुन सक्ने घोषणा गरेका छन्।

युक्रेन र रूसबीच बढ्दो तनावबीच यो घोषणा आएको हो। जेलेन्स्कीले राष्ट्रका नाममा सम्बोधन गरेको विषय फेसबुकमा पोस्ट गर्दै उनले भने, 'हामीलाई भनिएको छ कि फेब्रुअरी १६ आक्रमणको दिन हुनेछ।'

उनले युक्रेनले बुधबार एकता दिवस मनाउने बताएका छन्। यस सम्बन्धी अध्यादेशमा हस्ताक्षर भइसकेको बताइएको छ। रूसले युक्रेन सीमा नजिकै एक लाखभन्दा बढी सैनिक परिचालन गरेको छ।

सेनाको उपस्थितिले अमेरिका र नेटो सहयोगीबीच चिन्ता र तिक्तता बढाएको छ। रूसले निरन्तर रूपमा आक्रमणको कुनै योजना नभएको बताउँदै आएको छ।

युक्रेन, रूस र नेटो राष्ट्रहरूका अधिकारीहरूले यो क्षेत्रमा तनाव कम गर्ने आशाका साथ पछिल्ला दिनहरूमा कूटनीतिक छलफललाई तिव्रता दिँदै आएका छन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.