|

काठमाडौं : काठमाडौं महानगरपालिकाले घर,पसल उद्योगकाे,व्यवसायबाट उत्सर्जन फोहोरलाई कुहिने र नकुहिने छुट्याई कुहिने फोहोरलाई सकेसम्म आफैँ व्यवस्थापन गर्न आग्रह गरेको छ।

महानगरपालिकाले फागुन १ गतेबाट तारकेश्वर नगरपालिका मुड्खु-तीनपिप्ले सडक कालोपत्रेको माग राख्दै  स्थानीयले सडक अवरुद्ध गरेकाले सूचना नै जारी गरि यस्तो आग्रह गरेको हो।

महानगरपालिकाका अनुसार स्थानीय सडक अवरुद्ध गरेपछि उपत्यकाको फोहोर व्यवस्थापन गरिदै आएको नुवाकोट जिल्लाको ककनी गाउँपालिका-२ स्थित सिसडाेल ल्याण्डफिल्ड साइटमा लान सकिएको छैन।

८ दिनदेखि फोहोर नउठेपछि अहिले उपत्यकाकाे चोक-चोकमा फोहोर थुप्रिएको छ। फोहोरको दुर्गन्ध फैलिएपछि सर्वसाधारणलाई सास्ती भएको छ।

केही तस्वीर झलक : 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.