|

काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले विप्लवसँगको भेटपछि देशभक्तहरू एक हुने कुरा उचित भएको प्रतिक्रिया दिएका छन्। 

सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै नेता रावलले विप्लवले राष्ट्रिय स्वाधिनताका लागि सबै देशभक्त एक हुन र मोर्चा बनाउन आग्रह गरेको पनि उल्लेख गरेका छन्। 

‘आज नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेता खड्ग विश्वकर्मासँग मेरो घरमा भेटवार्ता भयो। उहाँहरूले राष्ट्रिय स्वाधीनताको लागि सबै देशभक्त एक हुन र  मोर्चा बनाउन जोड दिनुभयो।’ रावलले लेखेका छन्, ‘देशभक्तहरू एक हुने कुरा उचित भएको र हाल आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित हुने मेरो विचार रह्यो ।’

बिहीबार विहान विप्लव र नेता विश्वकर्मा रावललाई भेट्न उनको निवास टोखा पुगेका थिए। एमसिसीको विपक्षमा रहेकासँग मोर्चाबन्दी गर्न विप्लवले सक्रियता देखाएका छन्।

उनले बुधबार माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग भेटेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.