|

पछिल्लो समय युवा अवस्थामै मुटु‚ मधुमेह, क्यान्सरजस्ता दीर्घरोगबाट पीडित हुने संख्या बढ्दै गएको छ। बदलिँदो जीवनशैलीका कारण यस्ता दीर्घरोगबाट पीडित हुनेको संख्या बढ्दै गएको बताइए पनि वंशानुगत कारण पनि देखिने चिकित्सकहरू बताउँछन्।

यस्ता रोगहरू कसरी एक पुस्ताबाट अर्को पुस्तामा सर्छ? कुनै रोग वंशाणुगत/आनुवंशिक हो वा होइन भनी कसरी थाहा पाउने? यस्ता रोगबाट जोगिन के गर्ने सकिन्छ आदि विषयमा जेनेटिक डिजिज अर्थात् वंशाणुगत/आनुवंशिक रोग विशेषज्ञ डा. नीलम ठाकुरसँग थाहाखबरकर्मी सबिना खनालले गरेको कुराकानी :-

जेनेटिक डिजिज भनेको के हो?

मानव शरीर करोडौं सेल मिलेर बनेको हुन्छ। जसमा २३ जोडी क्रोमोजोम्स हुन्छन्। बाबु (पुरुष)बाट ‘एक्स’ वा ‘वाई’मध्ये कुनै २३ क्रोमोजोम र आमा (महिला)बाट २३ ‘वाई’ क्रोमोजोम मिलेर २३ जोडी क्रोमोजोम्स बन्छन्। क्रोमोजोम डिएनए, आरएनए र प्रोटिन्सलबाट बनेको हुन्छ। क्रोमोजोमका कारण शरीरका गुण वा अवगुण आफूबाट जन्मने सन्तानमा सर्ने गर्छ। यसरी सर्दै जाँदा पुस्ता-पुस्तासम्म देखिन्छ।

शरीरको डिएनए वा आरएनएमा जिन्स मिल्छन्। अर्थात् एक क्रोमोजममा धेरै जिन्स मिल्छन्। कति जिन्स सक्रिय हुन्छन् त कति निष्क्रिय पनि हुन्छन्। सामान्य अर्थमा क्रोमोजम्स नै आमा-बुवाबाट बच्चासम्म पुग्छन्। क्रोमोजोम्सले आमा-बुवाको शरीरका गुण वा अवगुण सन्तानमा सर्दै जाँदा कतिपय अवस्थामा रोग पनि सँगै सर्छन्। यिनै जिन्ससँगै सरेका रोगलाई जेनेटिक डिजिज भनिन्छ।

सिकलसेल, थालेसिमिया, हिमोफिलिया, डायबिटिज, हाई कोलेस्ट्रल, मुटुरोग वंशाणुगत रोग हुन्। यस्तै‚ आफ्नो परिवारमा कसैलाई क्यान्सर छ भने वंशाणुगत रुपमा सर्दै जाने सम्भावना धेरै हुन्छ।

यो समस्या कसरी पत्ता लगाउन सकिन्छ?

सबैभन्दा मुख्य कुरा भनेको पारिवारका सदस्यहरू पुस्तैदेखि एकै खालको रोगबाट आफ्नो पीडित छन् भने आफूलाई त्यही रोगको जोखिम छ कि भनेर परीक्षण गराउनु पर्छ। हामीले बुझ्नु पर्ने कुरा के हो भने सिकलसेल, थालेसिमिया, हिमोफिलियाजस्ता वंशानुगत रोग देखिएपछि पूर्ण निको बनाउन सकिँदैन।

तर‚ क्यान्सरजस्ता वंशानुगत रोग समयमै पत्ता लगाउन सकिए पूर्ण निको बनाउन सकिन्छ। वंशानुगत केही समस्या छ कि छैन भनेर परीक्षण गर्न नेपालका धेरै ठाउँमा सुविधा छ।

नेपालमा अहिले वंशाणुगत समस्याका कारण देखिने सबैभन्दा धेरै रोग कुन हो?

वंशानुगत कारणले धेरै प्रकारका रोग देखिएका छन्। तर‚ कोलेस्ट्रल, मुटुरोग, क्यान्सर नै मुख्य रोग हुन्।

यस्तै‚ पछिल्लो समय भ्रूण खेर जाने समस्या पनि धेरै छ। यस्तो समस्या लिएर आउने धेरै जनामा परीक्षण गर्दा वंशानुगत कारणले भएको पाइएको छ। आमा वा बुवामा कुनै किसिमका आनुवंशिक समस्या छ भने जन्मने सन्तानमा पनि त्यो समस्या सँगै आउन सक्छ। तसर्थ‚ रोगहरूका कारणले पनि बच्चा नबस्ने वा खेर जाने गरेको पाइन्छ। यदि दुईपटकभन्दा बढी भ्रूण खेर गएमा परीक्षण आवश्यक हुन्छ।

वंशानुगत/आनुवंशिक रोगको उपचार कसरी गर्न सकिन्छ?

सबैभन्दा पहिले त आफ्नो परिवारका सदस्यहरूले (हजुरबुवा, हजुरआमा, आमा-बुवा‚ फुपु, मामा, काका आफ्ना नजिकको नाता पर्नेमा) पुस्तौंदेखि एकै खालको शारीरिक समस्या भोगिरहनुभएको छ भने एक पटक परीक्षण गर्नु पर्छ। वंशानुगत कारण भएको हो वा होइन भनी पत्ता लगाउनु पर्छ। यदि वंशानुगत कारणले भएको रहेछ भने त्यसपछि एक पुस्ताबाट अर्को पुस्तामा जान रोक्न सकिन्छ। जिनमा समस्या छ भन्ने थाहा भयो भने रोकथामको योजनामा जान सकिन्छ।

यस्तै‚ पछिल्लो समय धेरैमा देखिएको बाँझोपन तथा भ्रूण खेर जाने समस्याको हकमा पनि आमा र बुवाको अथवा कपलको गरिने जाँच ‘क्यारोटाइप’ गर्नु पर्छ। खेर गएको मटेरियलको जाँच ‘नेक्स्ट जेनेरेसन सिक्वेन्सिङ’ पनि गर्न सकिन्छ। जुन १५ देखि २० हजार र आमा बुवाको जाँच गर्दा जम्मा १० हजार रुपैयाँमा गर्न सकिन्छ। यो सुविधा नेपालमै छ। यदि आनुवंशिक कारणले हो भने त्यसलाई आउने बच्चामा हुन नदिन प्रक्रियाहरु गर्न सकिन्छ। बाँझोपनको हकमा पनि यसरी नै परीक्षण गर्न सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.