|

म्याग्दी : ११२ औँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा बेनीका महिलाले मंगलबार नौमती बाजा सहित र्‍याली निकालेका छन्।

 बेनी नगरपालिकाद्वारा आयोजित महिला दिवसका अवसरमा महिलाहरूले नौमती बाजा सहित बजारमा र्‍याली निकालेका हुन। बाजामा नाच्दै गाउँदै महिलाले बजार परिक्रमा गरेका थिए। र्‍यालीमा विभिन्न संघसंस्थामा आबद्ध महिलाहरूको सहभागिता रहेको छ।

११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पञ्चेबाजासहित र्‍याली निकालिए पछि हेर्नेहरूको भीड लागेको छ। बेनी नगरपालिकाको आयोजना र गैरसरकारी संस्था महासंघको समन्वयमा र्‍याली निकालिएको हो। हरेक वर्ष मार्च ८ तारिखमा यो दिवस मनाउने गरिन्छ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ।

सन् २०२२ को दिवसको अन्तरराष्ट्रिय नारा ‘दिगो भविष्यका लागि लैंगिक समानता’ रहेको छ। नेपालमा भने ‘सामाजिक न्याय र लैंगिक समानता : दिगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ यो दिवस मनाइँदै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.