|

इथियोपियामा खडेरीका कारण ठूलो संख्याका नागरिक विस्थापित भएका छन्। साथै लाखौँ पशु चौपाया पनि मरेको संयुक्त राष्ट्रसंघले जनाएको छ।

संयुक्त राष्ट्रसंघका अनुसार ८ लाख ४५ हजार मानिस विस्थापित भएका छन्। उनीहरू खडेरीका कारण खाद्यान्न खोज्ने क्रममा विस्थापित हुन पुगेको राष्ट्रसंघले जनाएको छ। राष्ट्रसंघीय प्रवक्ता स्टेफान डुजारिकले इथियोपिया सरकारले यसका लागि काम त गरिरहेको  भएपनि  नागरिकहरु विस्थापित हुने र त्यहाँबाट खाद्यान्न र आश्रयका लागि अन्यत्र जान क्रम बढेको बताए।

उनले १५ लाखभन्दा बढी पशु चौपाया पनि मरेको जानकारी दिए। संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी एजेन्सीले काम गरिरहेको तर आवश्यक मात्रामा उनीहरुलाई सहयोग पुर्‍याउन नसकिएको पनि जनाएको छ।

इथियोपियाका अधिकांश क्षेत्रमा खडेरीको प्रभाव परिरहेको भन्दै ४० लाख भन्दा बढी नागरिक प्रभावित भएको पनि बताएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.