|

काठमाडौं : साताको पहिलो आइतबार सेयर बजारमा तेहोरो अंकले सुधार आएको छ। पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०१ अंकले बढेको हो।

केही समययता निरन्तर घट्दै २५ सय अंकभन्दा तल झरेको नेप्से आज १०१ अंकले बढेर २६ सय ६७ अंकमा पुगेको हो। आज नेप्से परिसूचक १०० भन्दा बढी अंकले बढे पनि कारोबार रकम भने खासै बढेन।

आज चार अर्ब ८७ करोड रुपैयाँ बराबरको ९० लाख २२ हजार कित्ता सेयर किनबेच भएको छ। कारोबार भएका सबै १३ वटै समूहमा हरियाली छाएको छ। जिवन बीमा समूहमा ९२२ अंकको सुधार आएको छ भने निर्जीवन बीमा समूहमा ५६७ अंकको सुधार आएको छ।

यसैगरी, उत्पादनमूलक समूहमा ३०८ अंकको सुधार आउँदा विकास बैंक समूह २१० अंकले बढेको छ। यस्तै, लघुवित्त समूह १६३ अंकले बढेको छ भने होटल एण्ड टुरिजम १५८ अंकले बढेको छ।

आज नेप्सेमा तीन वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्दै सकरात्मक सर्किट लागेको छ। यस्तै, थप ५ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लागेको नेप्सेले जानकारी दिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.