|

काठमाडौं :  कोरोना महामारीका कारण विगत दुई वर्षसम्म होली पर्व मनाउन नपाएका आम नागरिकले यस वर्ष भने उत्साहपूर्वक होली मनाएका छन्। विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक हनुमान ढोका क्षेत्रमा अवस्थित वसन्तपुर यस वर्षको होलीमा भने खचाखच भरिएको छ।

उनीहरूले एकअर्कालाई विभिन्न रङ लगाएर आत्मियता साटासाट गरी पर्व मनाएका छन्। वसन्तपुरमा मात्रै होइन सहरका विभिन्न स्थानमा यसैगरी मानिसको सामूहिक सहभागितामा उत्साहपूर्वक पर्व मनाएका छन्।

दुर्घटनारहित बनाउने उद्देश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था कडा पारेसँगै मर्यादितरुपमा पर्व मनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.