|

काठमाडौं : नेपाली बजारमा  सुन तोलाको ११ सय रुपैयाँले बढेको छ। 

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ११ सय रुपैयाँले बढेर १ लाख ३०० रुपैयाँ कायम भएको छ। यसैगरी, तेजाबी सुनको मूल्य तोलाको ९९ हजार ८०० रुपैयाँ निर्धारण भएको छ। 

यस्तै, चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर १३ सय ७५ रुपैयाँ कायम भएको छ। पछिल्लो समय रसिया र युक्रेनबीच भएको युद्धको प्रभावले विश्व बजारमा नै सुन–चाँदीको भाउमा तीब्र उतारचढाव आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.