|

एकदिवसीय महिला विश्वकपको उपाधि अस्ट्रेलियाले जितेको छ। लगातार सातौँपटक उपाधि जित्ने क्रममा अस्ट्रेलियाले इंग्ल्यान्डलाई ७१ रनले पराजित गर्‍यो।

फाइनलमा अस्ट्रेलियाले एतिहासिक रुपमा एकदिवसिय विश्वकप फाइनलकै उच्च ३ सय ५७ रनको लक्ष्य इंग्ल्यान्डसामु दिएको थियो। जवाफमा इंग्ल्यान्ड २ सय ८५ रनमा अलआउट भयो।

क्राइस्टचर्चमा भएको फाइनलमा टस जितेर पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ५६ रन बनाएको थियो।

उसको उच्च स्कोरमा प्लेयर अफ द सिरिज तथा प्लेयर अफ द म्याच घोषित एलयस्सा हेलीको १ सय ७० रनको शानदार शतकीय इनिङ सम्झन लायक रह्यो।

पहिलो विकेटका लागि हेली र रचेल ह्यानेसबीच १ सय ६० रनको साझेदारी भएको थियो। हेनेस ६८ रनमा आउट भइन्। त्यस्तै, बेथ मोनीसँग पनि हेलीले दोस्रो विकेटका लागि १ सय ५६ रनको साझेदारी गर्दै टिमलाई उच्च स्कोरमा पुर्‍याएकी थिइन्।

हेलीले करिअरकै उच्च स्कोर बनाउने क्रममा १ सय ३८ बलमा २६ चौकाको सहयोगमा १ सय ७० रनको विशाल योगफल बनाएकी थिइन्। मोनी भने ६२ रनमा आउट भइन्।

त्यस्तै, एलस पेरी १७ तथा तहिला म्याग्रेथ ८ रनमा अविजित रहे।  इंग्ल्यान्डका लागि एनी स्रुवसोले ३ विकेट लिएकी थिइन्।

३ सय ५७ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डका लागि  नाट सिभरले १ सय ४८ रनको अविजित इनिङ खेले पनि उनले गतिलो साथ नपाउँदा इंग्ल्यान्ड पराजित हुन पुग्यो। खराव सुरुवात गरेको इंग्ल्यान्डका लागि ३८ रन जोड्दानै २ विकेट गुमाएको थियो।

तर, त्यसपछि विस्तारै समालिएको इंग्ल्यान्डका लागि चौंथो नम्बरमा आएकी सिभरले समालेकी थिइन्।

तर, उनले गतिलो साथ नपाउँदा ४३.४ ओभरमा अलआउट हुन पुगेको थियो। थप दोहोरो स्कोरका रुपमा इंग्ल्यान्डका लागि टमी बेउमोन्टले २७ रन बनाउँदा कप्तान हेथर नाइटले २६ रन बनाएकी थिइन्। त्यस्तै एमी जोनेस २० रन बनाउँदा सोफिया डन्क्लीले २२ रन बनाएका थिए। त्यस्तै चार्ली डीन २१ रन बनाएका थिए।

सिभरबाहेक कसैलेपनि गतिलो प्रदर्शन नगर्दा इंग्ल्यान्ड पराजित भयो। अस्ट्रेलिया भने प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बन्यो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.