सुर्खेत : धिमे गतिमा विकास निर्माण भएकै कारण पछाडि परेको भनिएको कर्णाली प्रदेशमा आसन्न स्थानीय तहको चुनावमा भाग लिने दलको संख्यासमेत कम देखिएको छ।
अन्य प्रदेशको तुलनामा चुनावमा भाग लिने दलको संख्य कर्णालीमा कम देखिएको हो। कर्णालीकै हिमाली जिल्ला डोल्पामा ११ र प्रदेश राजधानी रहेको सुर्खेतमा २५ राजनीतिक दलले स्थानीय तहको चुनावमा भाग लिन लागेका छन्।
रुकुमपश्चिम १२ र सल्यानमा १२, मुगुमा १५, जुम्लामा १४, हुम्लामा १५, कालीकोटमा २०, जाजरकोटमा १२ र दैलेखमा १४ दलले निर्वाचनमा भाग लिने प्रदेश निर्वाचन कार्यालय सुर्खेतका प्रमुख दुर्गा चालिसेले जानकारी दिए।
उल्लेखित दलहरुले मात्रै निर्वाचनमा चुनाव चिन्ह पाउने छन्। बाँकीले भने अन्य दलको चुनाव चिन्हमा निर्वाचन लड्नुपर्ने छ। डोल्पामा महिला मतदाता संख्या ११ हजार ३ सय ७९, पुरुष ११ हजार ६१ जना रहेका छन्।
त्यस्तै, सुर्खेतमा महिला मतदाता संख्या १ लाख ११ हजार ७ सय १८ र पुरुष १ लाख ६३ हजार २५ रहेका छन्। रुकुम पश्चिमा महिला ४५ हजार ७ सय ९९ र पुरुषको संख्या ४६ हजार ५ सय ४७ मतदाता रहेका छन्।
सल्यानमा महिला मतदाता संख्या ७७ हजार ८ सय ११ र पुरुषको संख्य ७९ हजार ९०४ रहेको छ। मुगुमा १६ हजार ७ सय ९५ र पुरुषको संख्या १८ हजार १ सय ६७ रहेको छ।
जाजरकोटमा महिलाको संख्या ४९ हजार ९ , पुरुषको संख्या ५४ हजार ८ सय ५८ रहेको छ। त्यस्तै दैलेखमा महिला मतदाता संख्याको संख्या ७४ हजार ६ सय ८९ रहेको छ भने पुरुषको संख्या ७४ हजार ३८ रहेको छ।
कर्णाली प्रदेश भरिको महिला मतदाता संख्या ४ लाख ४९ हजार ३० रहेको छ भने पुरुषको संख्या ४ लाख ५९ हजार ४०१ रहेको छ। ९ लाख ८ हजार ४३३ जनाले आसन्न चुनावमा मतदान गर्न पाउने निर्वाचन कार्यालयहरुले जानकारी दिएका छन्।
जुम्लामा, हुम्लामा र कालीकोटको मतदाता संख्या प्रदेश निर्वाचन कार्यालयको वेबसाइटमा राखिएको छैन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।