|

काठमाडौं : काठमाडौं महानगरपालिकाको उपप्रमुखमा पाँचदलीय सत्ता गठबन्धनतर्फबाट उम्मेदवार बनेका रामेश्वर श्रेष्ठले उपत्यकाको फोहरलाई मोहरमा बदल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

आज कामपाको उपप्रमुखमा उम्मेदवारी दिएलगत्तै सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले यसअघिका जनप्रतिनिधिले सल्ट्याउन नसकेको उपत्यकाको फोहर व्यवस्थापन वैज्ञानिक तवरले समाधान गरिने बताए। श्रेष्ठ नेकपा (एकीकृत समाजवादी) बाट उपप्रमुखको उम्मेदवार बनेका हुन्। उनको समर्थकमा प्रवेशमान बज्राचार्य र प्रस्तावकमा भीमसेन खतिवडा (विष्णु) रहेका छन्। 

उनले भने, ‘फोहर प्रशोधन केन्द्र स्थापना गर्नेछौँ, ट्रकमा हालेर फोहर बाहिर लैजाने अवस्थाको अन्त्य गर्नेछौँ, प्रशोधन केन्द्रमार्फत फोहरलाई मोहरमा बदल्नेछौँ।’ काठमाडौं महानगरलाई दिगो व्यवस्थित शहरमा विकास गर्ने, रोजगारीका लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने, माध्यमिक शिक्षा निःशुल्क, रोजगारमूलक शिक्षा प्रदान गर्ने, भाषा, जातजाति, कला संस्कृतिको संरक्षण गरिने उनले बताए। उनले आफ्नो प्रतिबद्धता नागरिकको आशाअनुरूप भएकाले कार्यान्वयन गर्न तत्पर रहेको पनि उनले बताए। 

राप्रपाका तर्फबाट कामपाको प्रमुखमा उम्मेदवार दिएका मदनदास श्रेष्ठले भ्रष्टाचारमुक्त महानगर बनाउने बताए। महानगरमा ज्येष्ठ नागरिक र बालबाटिका निर्माण गर्ने, माध्यमिक शिक्षा निःशुल्क गर्ने, काठमाडौंलाई बसोबासका लागि उपयुक्त शहर बनाउने, अव्यवस्थित बसोबासका समस्या समाधान गर्ने र युवालाई स्वरोजगार बनाउने कार्यक्रम ल्याइने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.