|

सल्यान : सल्यानमा झ्यालबाट लडेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको छत्रेश्‍वरी गाउँपालिका ३ तल्लो पारेकी ५५ वर्षीया चूडा घर्तीको मृत्यु भएको हो। शुक्रबार राति बाख्रा गोठमा बाख्रा बाँध्न जाने क्रममा झ्यालबाट लड्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

शनिबार बिहान झ्यालबाट लडेर मृत्यु भएको भनी श्रीमान रुद्र घर्तीले प्रहरीलाई खबर गरेका थिए।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए । 
    

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.