|

दैलेख : २०७४ को स्थानीय तह निर्वाचनमा भैरवी गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका प्रेमबहादुर बुढाले यसपटक वडासदस्य पदमा उम्मेदवारी दिएका छन्। 

बुढाले भैरवी गाउँपालिका ७ माथिल्लो कुसापानीबाट वडासदस्यमा उम्मेदवारी दिएका हुन्। जिल्ला समन्वय समितिमा आउन वडाबाट प्रतिनिधित्व गर्नुपर्ने प्रावधानका कारण वडा सदस्यमा उम्मेदवारी दिएको उनले बताए । बुढाले पाँच वर्ष स्थानीय सरकारमा बसेर भैरवीका जनताको सेवा गरेको बताउँदै बाँकी दिनमा समन्वय समितिबाट जिल्लाभरका जनताको सेवामा लाग्ने बताए। 

२०७४ मा भएको निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार बनेका बुढाले तीन हजार ५८४ मत प्राप्त गरेका थिए । बुढा एमाले दैलेखका भद्र र शालीन नेता मानिन्छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.