|

जुम्ला : जुम्लाको तिला गाउँपालिका २ मा पहिरो जाँदा दुई बालकको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन्।

तिला २ को डण्डेलीमा नयाँ घर निर्माणका  लागि  खनेको जग माथिबाट सुख्खा पहिरो खस्दा ३ वर्षका शिशिर बोहोरा र ३ वर्षकै  हिमेश रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

स्थानीय रण बहादुर बोहोराको नयाँ घर निर्माणका लागि जम्मा गरिराखेको माटोको ढिस्को खस्दा उक्त घटना भएको हो।

बोहोराकी श्रीमती लक्ष्मी बोहोरा घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दले बताए। उनका अनुसार घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

मृतक दुबै बालकलाई पोस्टमार्टमका लागि कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान जुम्लामा ल्याइएको छ।

घर निर्माणकाे काम गर्दै गर्दा मृतक दुई बालक खेल्न गएको हुन सक्ने प्रहरीले बताएको छ। प्रहरीका अनुसार दिउँसो साढे दुई बजे तिर सुख्खा पहिरो गएको हो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.