|
कञ्चनपुरको दोधारा चादँनी झोलुङ्गेपुलमा क्षमताभन्दा बढी यात्रुलाई मोटरसाइकल राखी महाकाली पार जाँदै स्थानीयवासी।

काठमाडौं :  थाहाखबरले साताको अन्तिम दिन शनिबार साताभरको गतिविधिलाई समेटेर साताको तस्बिर प्रकाशन गर्दै आइरहेको छ। औपचारिक कार्यक्रमका तस्वीर अनौपचारिक दृश्यलाई यस स्तम्भमा समेट्ने गरिएको छ।

काममा ध्यान : मजदुर दिवसको दिन समेत आफ्नो काममा मस्त एक मजदुर

चुनावी चटारो : कामनपाका एमालेका मेयरका उम्मेदवार केशव स्थापित 

बमको हल्ला :  त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा  बमको हल्ला चलेसँगै सुरक्षा चेकजाच गर्दै सुरक्षाकर्मी

मत्स्येन्द्रनाथको रथयात्रा सुरु : उपत्यकाकै लामो जात्रा, रातो मत्स्येन्द्रनाथको रथयात्रा सुरु भएको छ।

गठबन्धन: काठमाडौ महानगर पालिकाका गठबन्धन का उम्मेदवार एक चुनावी सभामा अभिवादन गर्दै।

काम काम काम :  शान्तिबाटिकामा काङ्ग्रेस सहितका गठबन्धन दलको चुनावी सभा चलिरहेको बेला उक्त स्थान नजिकै बाट आफ्नो सामान गन्तव्यमा पुर्‍याउन व्यस्त मजदूर।

बालेन क्रेज : काठमाडौ महानगरमा अहिले चुनावी चर्चा चुलिए सँगै स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) शाहको चर्चा पनि उतिकै छ। बालेनको घरदैलो कार्यक्रम। 

इस्लाम धर्मावलम्बीहरुको महान पर्व ‘ईद उल फित्र’को अवसरमा मङ्गलबार विराटनगर–१३ स्थित इदगाहमा सामूहिक नमाज(प्रार्थना) गर्दैधर्म र संस्कार :  इस्लाम धर्मावलम्बीहरूको महान पर्व ‘ईद उल फित्र’को अवसरमा मङ्गलबार विराटनगर–१३ स्थित इदगाहमा सामूहिक नमाज(प्रार्थना) गर्दै​।

गाउँ गाउँमा चुनावी माहोल :  सुर्खेत विमानस्थलबाट हिमाली जिल्ला मुगु, हुम्ला र डोल्पामा मतपत्र हेलिकोप्टरबाट ढुवानी हुँदै। 

सेल्फी :  सुर्खेत वीरेन्द्रनगरको खुलामञ्च क्षेत्रमा ढकमक्क फुलेको गुलमोहर। आर्कषक गुलमोहरको रुखमुनि तस्बिर, सेल्फी लिने र टिकटक बनाउनेहरूको भीड लाग्ने गरेको छ। 

ग्यासको हाहाकार :  व्यासनगरपालिका–३ स्थित एक पसलमा खाना पकाउने एलपी ग्याँस लिन लामवद्ध सर्वसाधारण। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.