|

काठमाडौँ : सत्तारुढ दलहरूले ३० वैशाखमा हुने स्थानीय निर्वाचनको मौन अवधि शुरु हुनुअघि गठबन्धनका उम्मेदवारको पक्षमा मत माग्दै संयुक्त अनुरोध गरेका छन्।

सत्ता गठबन्धन दलहरूबीच तालमेल भएका ठाउँमा उनीहरूलाई मत दिन उनीहरूले आग्रह गरेका छन्। उनीहरूले गठबन्धन गर्दागर्दै पनि सहमति हुन नसकेको स्वीकार गरेका छन्।

विज्ञप्तिमा उल्लेख छ‚ ‘अधिक प्रयत्नका बाबजुद कतिपय पालिकामा 'मैत्रीपूर्ण प्रतिस्पर्धा' गर्ने सहमति भएको विदितै छ।’ सत्ता गठबन्धनबीच सहमति हुन नसकेका ठाउँमा जुन दलको सम्भावना छ उसैका उम्मेदवारलाई जिताउन अनुरोध गरिएको छ। त्यसलाई उनीहरूले 'मैत्रीपूर्ण प्रतिस्पर्धा' भनेर उल्लेख गरेका छन्।

ती दलले स्थानीय निर्वाचन लोकतन्त्रको रक्षक भएको चर्चा गरेका छन्। वर्तमान सत्ता गठबन्धनको बलमा मात्र मुलुकको विकास, समृद्धि र लोकतन्त्रको जगेर्ना सम्भव भएको दाबी गरिएको छ।

‘गठबन्धनको पक्षमा मतदानका लागि यहाँहरूले विवेकको प्रयोग गर्नुहुने विश्वास लिएका छौं। यस क्षणमा हामी सदैव जनताको सुख, दुःखमा एकसाथ रहने प्रतिबद्धता जाहेर गर्दछौं।’ मंगलबार गरिएको अनुरोधपत्रमा सत्तारुढ गठबन्धनका दल जनताको सुख, दुःखमा एकसाथ रहने प्रतिबद्धता उल्लेख गरिएको छ।

आज राति १२ बजेदेखि मौन अवधि शुरु हुँदै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.