|

काठमाडौं : निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवासँग स्पष्टीकरण मागेको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले मंगलबार दुवैसँग २४ घण्टे स्पष्टीकरण मागेको हो। 

चितवनको भेलामा गठबन्धन उम्मेदवार रेणु दाहाललाई पराजित गराए देश दुर्घटना जान्छ भन्ने अभिव्यक्ति दिएको भन्दै आयोगले प्रचण्डसँग स्पष्टीकरण मागेको हो। मतदातालाई धम्क्याउने उद्देश्यले यस्तो अभिव्यक्ति दिएको भन्दै आयोगमा निवेदन परेको थियो।

यस्तै कांग्रेसकी नेतृ देउवालाई कांग्रेसले नजित्ने स्थानीय तहमा बजेट नपठाउने र गठबन्धन उम्मेदवारलाई जिताए निःशुल्क भिसा टिकटको व्यवस्था गरी मलेसिया पठाउनेजस्ता विषाय बोलेको भन्दै आयोगले स्पष्टीकरण मागेको हो।

हेर्नुहोस् आयोगले प्रचण्ड र आरजुलाई काटेको पत्र

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.