|

पाल्पा : स्याङ्जाको कालीगण्डकी गाउँपालिका १ मा एमालेको प्यानल विजयी भएको छ। १ हजार २ सय ९२ मत प्राप्त गरेर कृष्णबहादुर लामिछाने विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी पृथबहादुर सोमैले ४ सय ९७ मत प्राप्त गरेका छन्।

खुला सदस्यमा एमालेकै भुवनबहादुर राना १३ सय १२, मणिकलाल श्रेष्ठ १३ सय ३८‚ महिला सदस्यमा दीपा सिंजाली १३ सय ६४, दीपा रसाइली १३ सय ७३ मत प्राप्त गरेर विजयी भएका छन्।

यहाँ कांग्रेस, जनमुक्ति र नेकपा माओवादी केन्द्रसहितका दलहरूबीच गठबन्धन भएको थियो।

यस वडामा एमालेका तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार खिमबहादुर थापालाई १ हजार ४ सय १३ मत र कांग्रेसबाट गाउँपालिको अध्यक्ष पदका लागि उम्मेदवार बनेका माया रानालाई ३७४ मत प्राप्त भएको छ। एमालेका तर्फबाट उपाध्यक्ष पदका उम्मेदवार सावित्रा कोइरालालाई १ हजार १ सय ९ र गठन्धनतर्फका राष्ट्रिय जनमुक्ति पार्टीबाट उपाध्यक्षको उम्मेदवार बनेका बोम लामिछानेले ६११ मत प्राप्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.