|

सल्यान : सल्यानका ८३ वडा मध्ये हालसम्म २१ वटा वडाको मतगणना सकिएको छ। मतगणना सम्पन्न भएका वडा मध्ये कांग्रेस १०, माओवादी ७ र एमाले ४ वटा वडामा विजयी भएका छ।

कांग्रेस विजयी हुने वडाहरूमा शारदा नगरपालिका १ मा प्रदिप पाण्डे, २ मा सविन हमाल, ३ मा तुलसा भण्डारी रहेको छन्। त्यसैगरी बागचौर नगरपालिकाको वडा नम्बर १२ मा टिकाराम ओली, ११ मा केश बहादुर भण्डारी, बनगाड कुपिण्डे १ मा थुम बहादुर बिसी, १२ मा लाल बहादुर घर्ती, छत्रेश्वरी १ मा प्रकाश हमाल, त्रिवेणी १ मा दल बहादुर बस्नेत र कुमाख २ मा ईश्वरी शाही वडाध्यक्षमा निर्वाचित भएका छन्।

त्यसैगरी माओवादीबाट निर्वाचित हुने वडाध्यक्षहरुमा कुमाख १ मा डिल्ली राना, ६ मा कर्ण बहादुर विक, ७ मा डम्बर शाही, दार्मा १ मा टंक ओली, सिद्ध कुमाख १ मा रमेश चलाउने, छत्रेश्वरी २ मा प्रेम नेपाली र कपुरकोट १ मा बालाराम खड्का रहेका छन्। एमालेबाट निर्वाचित हुने वडाध्यक्षहरूमा कालीमाटी ४ मा बेल बहादुर चन्द, ५ मा टोप बहादुर कार्की, त्रिवेणी २ मा हस्त बहादुर राम्जा र कपुरकोट २ मा इश्वरी बुढा रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.