|

जुम्ला : कनकासुन्दरी गाउँपालिका–८ मा दलित समुदायका स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। दलित समुदायले एकता गरेर स्वतन्त्र उम्मेदवारका रूपमा उठाएका धनबहादुर कामीको प्यानल विजयी भएको हो। उनीहरूले तीन सदस्य र एक वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार उठाएका थिए।

सङ्घीयता आएपछि दलितको मुक्ति हुन नसकेको भन्दै दलितको नेतृत्वबिना वडामा समृद्धि हुन नसक्ने भन्दै उनीहरूले दलको टिकट लिएनन्। धनबहादुरले २८८ मत प्राप्त गर्दै वडाध्यक्ष जितेका छन्।

उनका प्रतिद्वन्द्वी काँग्रेसका कप्तानबहादुर शाही २२० मत ल्याएर पराजित भएका छन्। वडा सदस्यमा गोल दमाई र कर्णजित सार्कीले जितेका छन्। महिला सदस्यमा काँग्रेसकी रामुदेवी काफ्ले विजयी भएकी छन्।

त्यस्तै दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार चनाखी कुलाल विजय भएकी छन्। कनकासुन्दरी ८ मा वडाध्यक्ष सहित ४ जना स्वतन्त्र उम्मेदवार जितेका छन्।

एकजना महिला सदस्य मात्र काङ्ग्रेसबाट विजय भएको निर्वाचन अधिकृतको कार्यालय कनकासुन्दरीले जनाएको छ। अहिले दलित बस्तीमा खुसियाली र्‍याली निस्किएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.