|

रुकुम (पूर्व) : रोल्पाको थवाङ गाउँपालिकामा पालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ।

निकटतम प्रतिस्पर्धी कांग्रेस–एमाले र स्वतन्त्र गठबन्धनका उम्मेदवार दर्जित रोकामगरलाई ६१७ मत अन्तरले पछि पार्दै गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका ऋषि केशव बुढामगर निर्वाचित भएका हुन्।

बुढाले २ हजार १ सय २२ मत पाउँदा रोकाको पक्षमा १ हजार ५ सय ५ मत आएको छ।

उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकै शर्मिला बुढामगर २ हजार १ सय २२ मत ल्याइ विजयी भएकी छिन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेस–एमाले र स्वतन्त्र गठबन्धनका उम्मेदवार रायबहादुर पुनले १ हजार ४ सय ८७ मत पाएका छन्।

थवाङमा नेकपा माओवादी केन्द्र विरुद्ध कांग्रेस–एमाले–विप्लव नेतृत्वको नेकपाले चुनावी तालमेल गरेका थिए।

५ नम्बर वडा सम्म रहेको गाउँपालिकाको वडा नंं १, २, ३ र ५ मा नेकपा माओवादी केन्द्रले जितेको छ, भने ४ नम्बर वडामा मात्र एमालेले जितेको निर्वाचन कार्यालयले जनाएको छ।

वडा नंं १ मा हिराप्रसाद बुढामगर, वडा नं. २ मा अभिलाशा रोकामगर वडा नंं ३ मा जनक बुढामगर र वडा नंं ५ मा गोवर्द्धन घर्ती मगरले विजय हाँसिल गरेका छन्।

वडा नं. ४ मा भने नेकपा एमालेका हिक्मत घर्ती मगरले विजय हाँसिल गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.