|

इलाम : जिल्लाको माईजोगमाइ गाउँपालिका–३ मा गठबन्धनको प्यानल निर्वाचित भएको छ।

सो वडामा ८६५ मतका साथ कांग्रेसका राम घिमिरे वडाध्यक्षमा निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्द्वी वीरबहादुर देवानले ६१७ मत प्राप्त गरे।

महिला सदस्यमा ८५१ मतका साथ शकुन्तला पौडेल विजयी भइन्। उनको निकटतम प्रतिद्वन्द्वी देउमाया विमलीले ५९१ मत प्राप्त गरिन्। दलित महिला सदस्यमा ८१४ मतका साथ कल्पना देवी सार्की निर्वाचित भइन्।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी गौरीमाया नेपाली दर्जीले ५७४ मत प्राप्त गरिन्।

खुल्ला सदस्यमा ७९५ मतका साथ नेपाली कांग्रेसका प्रेम बहादुर तामाङ र ६९५ मतका साथ एकीकृत समाजवादीका विक्रम राई विजयी भए। नेकपा एमालेका युवारा नेपाल र यामबहादुर हेल्मुले समान ५६३ मत पाए।

२ हजार ३ सय ५३ मतदाता रहेको वडामा १ हजार ५ सय ९७ मत खसेको थियो। हालसम्म माईजोगमाइ गाउँपालिका भरीको ५ हजार ६ सय ६ मत गणना हुँदा गठबन्धनका उम्मेदवारले अग्रता बनाइरहेका छन्।

३ वटा वडाको गणना सम्पन्न भइसक्दा गठबन्धनबाट अध्यक्षमा एकीकृत समाजवादीका जीतबहादुर राईले २ हजार ६ सय ६२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुशबहादुर थेवेले २ हजार १ सय ५५ मत पाएका छन्।

उपाध्यक्षमा नेपाली कांग्रेसकी प्रवीना राईले २ हजार ७ सय ५७ मत पाउँदा एमालेकी सावित्रा भट्टराईले २ हजार १ सय ३२ मत पाएकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.