|

ललितपुर : ललितपुरमा रहेका ६ पालिकाका १४ वटा वडाको छिनोफानो भएको छ। जसमा कांग्रेसले १० , माओवादीले २ , एमाले र स्वतन्त्र उम्मेदवारले १–१ वडा अध्यक्षमा विजयी भएका छन्।

गोदावरीका गणना सकिएका ५ मध्ये ४ वटा वडामा कांग्रेस विजयी भएको छ। अर्को एउटा वडामा माओवादी केन्द्रले बाजी मारेको छ।  यस्तै महाङ्काल गाउँपालिकामा गणना सकिएका ३ वटा वडामा कांग्रेस विजयी भएको छ। बागमतीका २ वटा वडामा कांग्रेस विजयी भएको छ।

कोञ्ज्योसोममा गणना सकिएका ३ वटा वडामा कांग्रेस , एमाले र माओवादीले जितेको छ। महालक्ष्मी नगरपालिकामा गणना सकिएको एउटा वडामा एमालेले जित हाँसिल गरेको छ। वडा नम्बर १ मा एमालेका छिरिङ लामासहितको टिम विजयी भएको छ।

कांग्रेसले जितेका ४ वटा वडामा गोदावरीको वडा नम्बर १ मा श्रीराज थापा, वडा नम्बर २ मा मनोहर सिलवाल, वडा नम्बर ३ मा सानुभाई पहारी र वडा नम्बर ५ मा मिलन सिलवाल विजयी भएका छन्। मेयरमा कांग्रेसका गजेन्द्र महर्जनको अग्रता कायमै छ। 

ललितपुर महानगरपालिकाको वडा नम्बर १ मा भने स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार विजयी भए। तण्डुकारले ६६१ मत ल्याए भने उनका निकटतम प्रतिष्पर्धा नेपाली कांग्रेसका धुर्व तण्डुकारले ४२५ मत ल्याए। नगर प्रमुखमा नेपाली कांग्रेसका चिरिबाबु महर्जन र उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार मञ्जली शाक्य (आस्था) को अग्रता कायम रहेको छ।

नेपाली कांग्रेसका उम्मेदवार महर्जनले एमालेका हरिकृष्ण व्यञ्जनकारलाई आधा मत अन्तरले पछि पारेका छन्। 

दक्षिण ललितपुरको महाङ्काल गाउँपालिका र बागमती गाउँपालिकामा नेपाली कांग्रेसको अग्रता कायम छ। महाङ्काल गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका गणेश के.सीले अग्रता लिएका छन्। वडा-४, ५ र ६ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। वडा-४ कालेश्वरमा सीताराम तिमल्सिना,वडा नम्वर ६ ठूला दुर्लुङमा विनोद चौरेल र वडा नम्वर ५ चन्दनपुरमा भुमिनन्द घिमिरे विजयी भए।

बागमती गाउँपालिकामा कांग्रेसका उम्मेदवार वीरबहादुर लोप्चनको अग्रता कायम छ।  उनलाई  एमालेका उम्मेदवार नवराज सञ्जेलले पछ्याइरहेका छन्। उपाध्यक्षमा गठबन्धनका भक्त कुमार दर्लामीको अग्रता छ।

बागमती २ माल्टामा नेपाली कांग्रेसका उम्मेदवार राम बहादुर व्लोन विजयी हुँदा वडा-१ घुसेलमा कांग्रेसका ज्ञानबहादुर लो विजयी भए। कोञ्ज्योसोम गाउँपालिका- १ चौघरेमा माओवादीका  सन्तलाल लामा, वडा नम्बर २ शंखुमा रोहण घलान र वडा नम्बर ३ मा कांग्रेसका तिलक बम्जन विजयी भएका छन्। यसमा प्रमुखमा एमालेका कृष्णमान लामाको अग्रता छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.