|

काठमाडौं : शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अनौपचारिक शिक्षाको शैक्षिक तथ्यांक भर्न सबै स्थानीय तह र सामुदायिक शिक्षा केन्द्रलाई निर्देशन दिएको छ। विकास केन्द्रले हिजो (बिहिबार) एक सूचना जारी गर्दै तथ्यांक भर्न निर्देशन दिएको हो।

स्रोत विकास केन्द्रका अनुसार अनौपचारिक शिक्षा तथा आजीवन सिकाइका कार्यक्रम तर्फको शैक्षिक तथ्यांक सम्बन्धमा गत वर्षदेखि

नै एनएफई इएमआइस  विकास गरी सामुदायिक सिकाइ केन्द्र मार्फत रिपोर्टिङ भएको छ।

‘अनौपचारिक शिक्षा तथा आजीवन सिकाइ तर्फका कार्यक्रम सामुदायिक सिकाइ केन्द्र मार्फत सञ्चालन गरी सो कार्यको प्रतिवेदन, अनुगमन र मूल्याङ्कनलाई सुदृढीकरण गर्नको लागि गत वर्ष विकास भएको एन एफई इएमआइस टेमप्लेट लाई यस वर्ष अनलाइन वैब वेष्ट मा रुपान्तरण गरिएको हुँदा त्यहाँ स्थानीय तह अन्तर्गत सञ्चालित सामुदायिक सिकाइ केन्द्रहरूलाई भर्न लगाउनु हुनको लागि निर्णयअनुसार अनुरोध छ,’सूचनामा उल्लेख छ।

मानव स्रोत विकास केन्द्रले कसरी भर्ने भनी लिंकसहित प्रकृयाबारे वेबसाइटमा उपलब्ध गराएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.