|

इटहरी : इटहरी उपमहानगरपालिका-२० मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ। निर्वाचन अधिकृतको कार्यालय इटहरीका अनुसार इटहरी २० मा नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार मणिराम श्रेष्ठले २,४०६ मत प्राप्त गर्दै विजयी भएका छन्।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजकुमार राईले १,५५८ मत प्राप्त गरेका छन्। यस्तै, महिला सदस्यमा धर्मा गिरीले २,१२६ मत प्राप्त गर्दै विजयी भएकी छन्। यस्तै, दलित महिला सदस्यमा कुमारी बिकले २,२४१ मत प्राप्त गरेकी छन्। उता, खुल्ला सदस्यमा तनुज गुरुङ (सुरेश) ले १,९२८ मत प्राप्त गर्दै विजयी भएका छन् भने खुल्ला सदस्यमा बहादुर तामाङले २,१६८ मत प्राप्त गर्दै विजयी भएका छन्।

नेकपा एमालेबाट महिला सदस्य कल्पना खड्का चौहाले १,७७१ मत प्राप्त गरिन्। यस्तै, दलित महिला सदस्यमा खड्कुमारी बिकले १,७२५ मत प्राप्त गरिन्। खुल्ला सदस्यमा रवीन्द्र भट्टराईले १,७५५ मत प्राप्त गरे भने खुल्ला सदस्य ले शान्तिबहादुर घिमिरेले १,६०४ मत प्राप्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.