|

झापा : कमल गाउँपालिका वडा नम्बर ३ मा नेकपा एमालेको प्यानल निर्वाचित भएको छ। वडा अध्यक्षमा अग्निप्रसाद कोइरालासहित एमालेले प्यानल जितेको हो।

कोइरालाले १ हजार ७३९ मत ल्याएकोमा काँग्रेसका गौरीमान फागोले १ हजार ४२८ मत ल्याएका छन्। सदस्यमा एमालेका एंगल गुरुङले १ हजार ६०४, सन्तकुमार मगरले १ हजार ५६८, महिला सदस्यमा भगवती राई १ हजार ६७० र दलित महिला सदस्यमा केसरा नेपाली वर्देवाले १ हजार ७१५ मतसहित विजय हासिल गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.