|

दैलेख :  जिल्ला सदरमुकामको नारायण नगरपालिकास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडी प्रहरीको लाठी चार्जबाट सर्वसाधारण र पत्रकार घाइते भएका छन्।

जिल्ला अदालतमा रहेको मुख्य निर्वाचन कार्यालय अगाडी युवाहरुको दुई समूहबीच भएको आपसी विवाद नियन्त्रण गर्न प्रहरीले सर्वसाधारण र पत्रकारमाथि लाठी चार्ज गरेको हो।

युवाहरुले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले मत परिणामको पखाईमा रहेको सर्वसाधारण र मुख्य निर्वाचन कार्यालयमा मत परिणामको समाचार संकलनका लागि गएका पत्रकारमाथि लाठी चार्ज गरेको हो।

लाठी चार्जबाट दुई पत्रकार सहित नारायण नगरपालिका–७ की डिलमाया शाही लगायत सर्वसाधारण घाइते भएका छन्। लाठी चार्जबाट नेपाल पत्रकार महासंघ दैलेखका उपाध्यक्ष महेन्द्र सापकोटा र रेडियो नेपालमा कार्यरत भीमबहादुर सिजापति घाइते छन्।

 घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। यता युवाहरूको ढुंगा प्रहारबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि घाइते भएका दैलेख प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.