|

 गुल्मी : रुरुक्षेत्र गाउँपालिकामा माओवादी केन्द्रका यदु ज्ञवाली विजयी भएका छन्। उनले ५ हजार ८१७ मत ल्याएर विजयी भएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ।  
ज्ञवालीका प्रतिद्वन्द्वी एमालेका हिमाल श्रेष्ठले ४ हजार ५४० मत प्राप्त गरेका छन। यस्तै उपाध्यक्षमा नेकपा एमालेकी मीनादेवी गौतमले ५ हजार ४५१ मत ल्याएर विजयी भएकी छन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी दुर्गा ज्ञवालीले ४ हजार ६४६ मत प्राप्त गरिन्। रुरुक्षेत्र गाउँपालिका नेकपा एमालेका उप महासचिब प्रदीप ज्ञवालीको पालिका हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.