|

काठमाडौं : राप्रपा नेपालले काठमाडौंमा ऐतिहासिक जित निकालेको छ।  बहुदलीय व्यवस्था स्थापनापछि पहिलो पटक काठमाडौंमा जित निकालेको हो। 

काठमाडौंको शंखरापुर नगरपालिकाको मेयरमा राप्रपाका रमेश नापित मेयर पदमा विजयी भएका छन्।

उनले नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई ७०४ मतको अन्तरले पराजित गर्दै बाजी मारे।  उनले ५१८२ मत ल्याउँदा समाजवादीका उम्मेदवार एलपी श्रेष्ठले ४,४७८ मत ल्याए।

साबिक स्थानीय निकायका गाविसमा जिते पनि गणतन्त्र स्थापनापछि स्थानीय तहको दुई निर्वाचनमा राप्रपाले काठमाडौंमा पहिलो पटक नगरपालिकाको प्रमुख पदमा विजय प्राप्त गरेको हो।

शंखरापुरमा राप्रपाले तीन वटा वडा समेत जित्न सफल भएको छ।  वडा नं ३ मा सूर्य तामाङ, वडा नं ६ मा राधाकृष्ण श्रेष्ठ र वडा नं ७ मा विष्णु कुमार श्रेष्ठले वडा अध्यक्षमा प्यानल सहित जितेका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.