|

रुकुम (पूर्व ) : पुथा उत्तरगंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ।  

गाउँपालिकाको अध्यक्षमा पुनिराज घर्ती र उपाध्यक्षमा भूपेन्द्रा बुढा विजयी भएका छन्। घर्तीले तीन हजार ९१३ प्राप्त गर्दा प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तेजेन्द्र बुढाले दुई हजार ११३ मत ल्याए।

यस्तै उवाध्यक्षमा विजयी बूढाले चार हजार ५९ मत प्राप्त गरिन्। उनकी प्रतिद्वन्द्वी कांग्रैसकी कमलाकुमारी मल्लले दुई हजार १० मत प्राप्त गरिन्। 

१४ वडा रहेको गाउँपालिकामा ११ वटामा माओवादी केन्द्र विजयी भएको छ भने एक\एक वडामा एमाले र कांग्रेसले जितेका छन्। एउटा वडामा एमाले र कांग्रेसको गठबन्धनले जित हासिल गरेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.