|

कञ्चनपुर : वेदकोट नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। वेदकोटको मेयर र  उपमेयरमा कांग्रेसका भोजराज बोहरा र तुलसी जोशी विजयी भएका हुन्।

बोहराले आठ हजार ७८ मत प्राप्त गर्दा उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सुशीला सिंहले चार हजार ७४० मत प्राप्त गरिन्। माओवादी र समाजवादी गठबन्धनका उमेदवार रामचन्द्र रेग्मीले तीन हजार ८९८ पाए ।

उपमेयरमा कांग्रेसकी तुलसी जोशी सात हजार २५४ मत ल्याएर विजयी भइन्। उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी पार्वतीकुमारी भट्टले ५७२७ मत ल्याइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.